|

सुनसरी : एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी केदार रिजालले इमानदार र पारदर्शी भएर काम गर्न मातहत प्रहरीहरुलाई निर्देशन दिएका छन्। एक नम्बर प्रदेश प्रहरी प्रमुखको रुपमा पदबहाली भएसँगै मोरङ र सुनसरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई शुक्रबार बिहान पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा भेला गराई सो निर्देशन दिएका हुन्।

प्रहरी नायव उपरीक्षकदेखि प्रहरी जवानसम्म भेला भएका उक्त कार्यक्रममा डिआइजी रिजालले प्रहरीले आफ्नो पेसागत ज्ञानमा दक्षता हासिल गर्न जरुरी रहेको बताए।

प्रहरीकै नैतिक धरातल ठीक नभए केही पनि गर्न नसकिने भन्दै उनले प्रहरी नैतिकवान, इमानदार र पारदर्शी भएर काम गर्नुपर्ने कुरामा जोड दिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

परिवर्तनको सुरुवात आफँैबाट हुने भएकोले नेपाल प्रहरी संगठनले लागू गरेका आन्तरिक शुद्धीकरण कार्यक्रमको सफल कार्यान्वयन गरी शान्ति सुरक्षा कायम गर्न, भ्रष्टाचारमा शून्य सहनशीलताको सिद्धान्त पालना गर्न, प्रहरीले दिने सेवालाई अझ छिटो छरितो बनाई चुस्तु दुरुस्त सेवा प्रदान गर्न डिआइजी रिजालले निर्देशन दिएको अधिकारीले बताए।

मानवअधिकारको संरक्षण एवं सम्वर्धन गर्न र कानुनको अक्षरशः पालना गर्ने कार्यमा कसैसँग पनि सम्झौता नगर्नसमेत मातहत कर्मचारीहरुलाई डिआइजी रिजालले निर्देशन दिएको अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.