|

पर्वत : नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत वितरणमा सावधानी नअपनाएको भन्दै उच्च अदालत पोखरा बागलुङ ईजलासले बागलुङ वितरण केन्द्रविरुद्ध परमादेश जारी गरेको छ। ३३ केभीए र ११ केभीए प्रसारणको हाइटेन्सन लाइनमा सावधानी नअपनाउँदा बागलुङमा विद्युतीय दुर्घटनाका घट्ना बढेपछि मुख्यन्यायाधीस शेषराज शिवाकोटी र न्यायाधीस हरिप्रसाद पौडेलको संयुक्त इजलासले परमादेश जारी गरेको हो।

अदालतद्वारा जारी गरिएको परमादेशमा चार महिनाभित्र नाङगो तार हटाउन, पुराना पोल फेरेर नयाँ पोल गाड्न र सर्वसाधारणको ज्यानको जोखिम हुने काम नगर्न भनिएको छ। विशेषगरी धौलागिरी अञ्चल अस्पतालदेखि अदालत हुँदै पुरानो अदालत स्थलसम्मको खण्डमा चार महिनाभित्र नांगो तार हटाएर प्लाष्टिकको खोल भएको तार टाँग्न अदालतले आदेश छ।

चालु वर्ष लागेपछि विभिन्न स्थानमा भएका करेन्टका घटनामा धेरै मानिसको मृत्यु भएपछि बागलुङबासीको बढी चासो बढेको थियो। उक्त चासोको विषयमा बागलुङ नगरपालिका १ रामरेखाका टेकबहादुर सार्कीले गएको २२ मंसिरमा अदालतमा रिट दर्ता गराएका थिए।  

केही समयअघि नेपाल टेलिकम नजिकै करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको थियो भने ०७५ जेठ ५ गते शनिवार बागलुङको बिहुँमा हाईटेन्सन तारबाट करेन्ट चुहावट हुँदा दुई युवतीको एकै ठाउँमा मृत्यु भएको थियो। यसबाहेक पटक पटक बजारक्षेत्र, रायडाँडा, सर्कुवालगायत क्षेत्रमा पनि करेन्टले स्थानीयको मृत्यु हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.