सरकारको सय दिनमा अधिकारीले लक्ष्यको ९५ प्रतिशत काम

|

काठमाडौं: अघिल्लो संसदमा रविन्द्र अधिकारी संसदीय सिमति विकास समितिका सभापति थिए। विकास समितिको सभापति भएको कारणले उनले सञ्चालनमा रहेका तथा सञ्चालन गर्ने तयारीमा रहेका वा निर्माणाधिन आयोजनाका विषयमा सम्बन्धित मन्त्रीहरूलाई झककाइरहन्थे। दिन तोकेर काम गर्न निर्देशन पनि दिन्थे।

दिएको निर्देशन कति पालना भयो भनेर खोज तलासी पनि नगर्ने हैन। तर, प्रगति बुझ्न बोलाउँदा मन्त्री नै आउँदैनथे आए पनि टालटुले कुरा गरेर टार्देथे।

'संसदीय समितिले दिएको निर्देशन मन्त्रीले  किन पालना गर्दैनन् होला?' आफ्नो मनमा यस्ता कुराहरू खेलिरहेने बताउँछन्। अधिकारी। २ चैत २०७४ मान संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री भएपछि उनले विकास समितिमा देखाएको तदरुकता मन्त्रालयमा पनि देखाउने प्रयास गरे।

केही दिनमा उनले सरकार गठन भएको १०० दिनमा आफ्नो मन्त्रालयको तर्फबाट गर्न सकिने काम सार्वजनिक गरे। समयमै कति काम भयो कति भएन कति हुँदै छ भन्ने विषय पनि उनले खुलाइसकेका छन्।

मन्त्री अधिकारीका अनुसार उनले आफूले निर्धारणको गरेको लक्ष्यको ९५ प्रतिशत काम गरेका छन्। 'कम्तीमा ९८ प्रतशित काम हुन्छ भन्ने थियो, तर ९५ प्रतिशत काम भयो,' अधिकारीले भने।

उनले लक्ष्यअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्‍चालन हुनेगरी व्यवस्थापन गरेका छन्। निजगढ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको वातवरण प्रभाव मूल्यांकन स्वीकृत भएको छ।

त्यस्तै, त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानको लागि अर्को विमानस्थलन निर्माणका विषयमा अध्ययनको काम भएको छ। विमानस्थल व्यवस्थापनको साथै अछामको साँफेबगरमा प्रशिक्षण उडान हुनुका साथै विराटनगर विमानस्थलबाट दैनिक उडान सुरु, राजविराज विमान्स्थलमा उडान सुरु गर्ने जस्ता कार्यमा मन्त्री अधिकारीले सफलता प्राप्त गरेका छन्।

तर, उनले आफूले गरेको कामबाट सन्तुष्ट हुन नसकेको औँल्याएका छन्। उनले काम गरेका कर्मचारीलाई प्रोत्साहन दिने गरी र काम नगर्नेलाई निरुत्साहित हुनेगरी मन्त्रीको अधिकार नहुँदा काम अह्राउन पनि समस्या पर्ने गरेको बताएका छन्।

'कति कर्मचारीले राम्रो काम पनि गर्नुभएको छ, तर राम्रो काम गर्दा धाप पार्ने र नराम्रो काम गर्दा अलि कड्किनेबाहेक मन्त्रीसँग केही अधिकार छैन' अधिकारीले भने बढुवा गर्ने क्रममा वा अन्य कुनै काम गर्दा मन्त्रीको पनि थोरै योगदान होस र पो हुन्छ। उनले काम गर्दैनन्  भन्ने कर्मचारीलाई केही गर्न नसकिने अवस्था रहेको समेत बताएका छन्। भनेर र वा नभनी कसैले काम गर्दिनँ भन्यो भने मन्त्रीले केही गर्न सक्दैन'

उनले कर्मचारीहरूले सबै काम भएको भनेर पनि मन्त्रीलाई छक्याउने गरेको समेत आरोप लगाएका छन्। 'यो काम त भयो हजुर सबै सकियो भन्छन् हेर्दा काम भएकै हुँदैन, अलि अघि सिकाएँ भनेको काम आज प्रगति हेर्दा छैन,' मन्त्री अधिकारीले भने।

उनले मन्त्रीले काम नगर्ने नभएर  नसक्ने भएको आफ्नो अनुभवले बुझाएको बताएका छन्। 'विकास समितिको सभापति हुँदा मन्त्रीले किन काम गर्दैनन् भन्ने लाग्थ्यो, तर अहिले थाहा भएको छ,' मन्त्री अधिकारीले भने मन्त्रीले म नगर्ने हैन नसक्ने रहेछन्।'

उनले एउटा तोकिएको काम गर्न टेबुल टेबुलमा पुगेर पनि मन्त्रीले केही छिटो गर्न सक्ने भएता पनि प्रवृत्ति सुधार गर्न नसक्ने बताए। केही काम गर्न खोज्दा धेरै प्रश्न आउने र नगर्दा केही गलत गरेको छैन भन्ने बुझाइको कारण कर्मचारीले काम नगरेको अधिकारीले बताए।

'हामी त्यस्तै छौँ केही काम गर्न खोज्यो भने प्रश्न नै प्रश्‍न हुन्छन्, केही नगरेर उसले छवि राम्रो छ हो भन्छौ' त्यसैले काम नगरी बस्ने प्रवृत्ति छ,' अधिकारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.