|

काठमाडौै : मिथिला सभ्यतालाई आधार मानेर बनाइएका चित्रकलालाई  काठमाडौंको सर्वनाम थियटरमा प्रदर्शन गरिएको छ। भगवान गणेश , गौरी पुँजा, मिथिला विवाह, सीता स्वयम्बर, राधाकृष्ण, माछा,  होलि लगायताका बीस बन्दा बढी पेन्टिङ प्रदर्शनीमा राखिएको हो। 

प्रदर्शनीमा नेपालको संस्कृती र मिथिला सभ्यताका बीसभन्दा धेरै चित्रहरु रहेका छन्।  यसरी चित्रकला प्रदर्शन गर्न पाँउदा सर्वनाम  थियटरमा आर्ट ग्यालरी बनाउने वर्षौको आफ्नो सपना पूरा भएको महसुस भएको सर्वनाम थियटरका अभियन्ता अशेष मल्लले बताए। हरेक नेपालीको घरघरसम्म कलाकर्मीको कला नपुगेसम्म  कलाको स्तरवृद्धि नहुने उले बताए। 

प्राज्ञ तथा मिथिला सभ्यताका अर्का अभियन्ता एस. सि. सुमन यी पेन्टिङमा इतिहासका कथाहरू ब्यक्त गरिएको बताए। शुक्रबारदेखि प्रदर्शनमा ल्याइएको उक्त चित्रकला दुई महिनासम्म चल्नेछ।

तस्वीर:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.