काठमाडौं : संसदीय सुनुवाई विशेष समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बिहीबार बस्ने भनिएको बैठक समितिका सभापति कुल बहादुर गुरुङ अस्वस्थ भएका कारण स्थगित गरिएको समितिले जनाएको छ।
गुरुङ्ग केहि दिनदेखि अस्वस्थ रहेका छन्। बुधबार बसेको बैठकले चीनका लागि प्रस्तावित राजदूत पूर्व मुख्य सचिव लिलामणी पौड्याल र भारतका लागि प्रस्तावित राजदूतमा दीपकुमार उपाध्यायको सुनुवाई गरेको थियो। बिहीबारको बैठकले दुवै राजदुतको नाम अनुमोदन गरी नियुक्तीका लागि सिफारिस गर्ने कार्यसूची थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।