|

कञ्चनपुर  ः दुई मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ७ का २५ वर्षीय मान बहादुर श्रेष्ठ रहेका छन्। 
 

बेलौरी नगरपालीका २ शान्तिपुर सडकखण्डमा भकुण्डातर्फ जाँदै गरेको म१ख ५०८१ नम्बरको मोटसाइल र विपरीत दिशा तर्फबाट आउँदै गरेको से१प ६७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बेलौरीस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो। श्रेष्ठसँग मोटरसाइकलमा सवार १९ वर्षीय जगलाल चौधरी गम्भीर घाइते भएका छन्।

विपरीत दिशातर्फबाट आउँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका ७ रैकवार विचवा फुलचरण राना र नाम ठेगाना नखुलेका अर्का युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए। 

घाइते तीनै जनाको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल कैलाली रिफर गरिएको छ। दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.