|

कञ्चनपुर : नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले शुक्रवार भीमदत्त नगरपालिका १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका  १९ वर्षीयका सन्तोष ओखेडालाई पक्राउ गरेको छ।
 

गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला सन्तोषसँग अनैतिक सम्बन्ध स्थापित गरी जन्मेको शिशुको बिहीबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। 

दुवै जनाले सहमतीमा शिशुको हत्या गरेको सूचना प्राप्त हुना साथ दुवै जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ। मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.