|

रसुवा : सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन्। ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइबा रहेका छन्।

करिब एक महिनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले उनीहरूलाई पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए। पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको सिलवालले बताए।

यस्तै, नेपालमा अवैध रूपमा सुन भित्रिएको विगतका घटनाक्रमलाई ध्यानमा राखी यस्ता क्रियाकलाप बन्द गरिदिन नेपाली पक्षले समय समयमा हुने गरेको सीमा बैठकमा राखेका प्रस्ताव चिनियाँ पक्षले कार्यान्वयन गर्न थालेबाट अबका दिनमा यस्ता गैरकानुनी काम अन्त्य गर्न मद्दत मिलेको नेपाल प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.