संखुवासभा : संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका २ मा गोली लागेर एकको मृत्यु भएको छ। धर्मदेवी २ तेल्लोकस्थित पाथिभरा सामुदायिक वनमा सिकार खेल्ने क्रममा ३१ वर्षीय योगेन्द्र पौडेलको ज्यान गएको हो।
चिरन्जीबी अधिकारी, योगेन्द्र पौडेल र चन्द्रसुन्दर अधिकारी उक्त वनमा सिकार खेल्न गएका थिए। सिकार खेल्ने क्रममा आफ्नै साथी चिरन्जीबीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर पौडेलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।