|

काठमाडौं : व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको सभापति बिहीबार चयन हुने भएको छ। 

समितिका सभापति रहेका नेपाली कांग्रेसका सांसद गगन थापा मन्त्री भएपछि सभापति पद रिक्त भएको थियो। सभापति पदमा अर्का कांग्रेस सांसद मोहन प्रसाद बरालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका छन्। 

सभापति चयनका लागि समितिको बैठक बेलुकी ५ बजे बस्ने संसद सचिवालयले जनाएको छ। 

जनार्दन शर्मा मन्त्री भएपछि संसदको सार्वजनिक लेखा समितिमा पनि सभापति पद रिक्त रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.