|

तनहुँ : पृथ्वी राजमार्गको तनहुँ खण्ड अन्तर्गत व्यास नगरपालिका १२ मा भयानक मोटरसाइकल दुर्घटना भएको छ। व्यास नगरपालिका-१२ कमलबारी र देउराली बीचको मोडमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पोखराबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बससँग डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकल ठोक्किदा पर्सा सुगौलीका राज राय र धिरज चौधरीको मृत्यु भएको हो। सोही ठाउँका ठाउँका सन्जय चौधरी र भोला चौधरी घाइते भएका छन्। चारैजना एउटै मोटरसाइकलमा सवार थिए।

घाइतेहरूको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ भने मृतकको शव दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए।

डुम्रेस्थित एक हार्डवेयर पसलमा काम गर्ने भोलाले घुम्न जान भनेर आफ्ना साथीहरूलाई मोटरसाइकलमा लिएर गएको बताइएको छ। एउटै मोटरसाइकलमा चार जना सवार भएकाले विपरीत दिशाबाट बस आउदा नियन्त्रण गुमाएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.