|

बैतडी : सुर्नया गाउँपालिका–३ धरमघरमा बिरामी बोकेको एमबुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन्।

आइतबार बिहान दुर्घटना हुँदा दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका बिरामी ५५ बर्षीय विष्णुदत्त भट्ट, ४० वर्षीय देवदत्त भट्ट र १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका छन्। 

दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स बिहान ३ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेको प्रहरीले उद्धार गरेको थियो। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.