|

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका-१ मुख्य सडकमै गोली हानी पैसा लुटेको आशंकामा दुर्इजनालार्ए गेटाबाट पक्राउ गरेको छ। 

उनीहरूले लुटेको नौ लाख रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार घटनाका विषयमा अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम गोप्य राखिएको छ। 

आर्इएमर्इ सेन्टरबाट पैसा झिकेर बैंकमा राख्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्की माथि गोली प्रहार भएको थियो। गोली प्राहर गर्नेले उनको साथमा रहेको नौ लाख रुपैयाँ लुटेर लगेका थिए। कार्की एनआईसी एसिया बैंक धनगढी शाखाका कर्मचारी भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.