|

जनकपुरधाम : प्रदेश सरकारले मुलुकमा गणतन्त्र स्थापना भएको दिन अर्थात गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ। आइतबार बिहान बसेको मन्त्री परिषदको बैठकले गणतन्त्र दिवसलाई भव्यता प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा २१ सदस्यीय मूल समारोह समिति गठन गरेको हो।

मुख्यमन्त्री राउतको संयोजकत्वमा गठित समितिमा मन्त्रीहरू, राज्यमन्त्रीहरू, प्रदेश प्रमुख सचिवसहितका सचिवहरू, नेपाली सेनाका उपरथी र नेपाल प्रहरीका डिआइजी रहेका छन्।

मूल समारोह समितिले गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते विहान ६ः ३० बजे जानकी मन्दिरमा सरसफाई गर्ने र त्यसको समायोजन समाजिक विकास मन्त्रालयले गर्ने निर्णय गरेको छ। त्यसैगरि जेष्ठ १५ गते बिहान प्रभातफेरी गर्ने निर्णय समेत गरेको छ।

बिहान जानकी मन्दिरबाट सुरु हुने प्रभातफेरी रामानन्दचौक, पिडारीचौक हुँदै जचुकाली परिसरस्थित कवर्ड हलमा सभामा परिणत हुने छ। प्रभातफेरीमा सबै कर्मचारीहरू सहभागी गराउनुका साथै कार्यक्रमको समायोजन गर्ने  जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिइएको छ।

कवर्ड हलमा हुने सभामा राष्ट्रगान सहितको कार्यक्रमा राखिएको निमित्त प्रमुख सचिव हरिप्रसाद फुयाँलले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.