|

मोरङ : ३८ सय किलो सुन तस्करी र  सनम शाक्य  हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान चार दिनमा सकिएको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर बन्द इजालसमा  आइतबार  गोरेको बयान सकिएको हो।

गत बुधबारदेखि सुरु भएको बयान चार दिनमा सकिएको हो। बयानका क्रममा गोरेलार्इ सोधिएका प्रश्नको घुमाउरो र विषयवस्तुभन्दा अर्कै तिर कुराकानी गर्दा उनको बयान लम्बिएको अदालत स्रोतको भनाइ छ।

गोरेले अदालत सामु ३७ पेज लामो बयान दिएका छन्। आइतबारबाटै उनको मुद्दामाथि थुनछेक बहस सुरु भएको छ। गोरेको थुनछेक बहसमा गोरेका तर्फबाट अधिवक्ता यम बहादुर मगरले बहस गर्ने छन्। सरकारी पक्षबाट वकिलहरू डम्बरबहादुर थापा मगर विनोद यादव र नगेन्द्र थापाले बहस गर्दैछन्।

छानविन समितिले गोरेलार्इ मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो। उनलार्इ मंगलबार नै मोरङ जिल्ला अदालतमा पेस गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.