|

काठमाडौं : लागु औषध खैरो हिरोइन ९१ ग्राम सहित तीनजना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भूले विशेष सूचनाको आधारमा उनीहरूलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका रानीवनका रिवाज लामा, बाँके जिल्ला कोहलपुर नगरपालिका ५ का दिलिप गिरी र सोही ठाँउका विकास केसी रहेका छन्। उनीहरूलाई लागु औषध मुद्दामा जिल्ला अदालतबाट छ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.