|

दैलेख : दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिकाको भवन निर्माणको लागि स्थानीय बासिन्दाले १० रोपनी जग्गा दान गरेका छन्। गाउँपालिकाको भवन निर्माणका लागि गाउँपालिकाका स्थानीयवासी नरबहादुर शाही र नगेन्द्र पोखरेलले डाँडापराजुलमा १० रोपनी जग्गा दान गरेको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिएका छन्। 

गाउँपालिकालाई दान गरेको जग्गा स्थानीय दररेट अनुसार करिव २० लाख बराबरको रहेको अध्यक्ष मल्लले बताए। जग्गा प्राप्त गरेपछि गाउँपालिकाले भवन निर्माणका लागि तयारी सुरु भएको छ। जग्गा उपलब्ध भएसँगै भवन निर्माणको लागि पक्रिया अगाडि बढाएको अध्यक्ष मल्ले जनाए। उनका अनुसार गाउँपालिकाले गाउँसभाको बैठकको निणर्य र अन्य कागजातहरु मन्त्रालयमा पठाइसकेको छ।

हाल गाउँपालिकाले सो जग्गामा चौर निर्माण गरेको छ। चौरको लम्बाइ १५० मिटर र चौडाइ ५० देखि ६० मिटरसम्म रहेको अध्यक्ष मल्लले बताए। चौर नजिकै हेलिप्याडसमेत निर्माण गरिएको छ। उक्त चौरमा गाउँपालिको आधुनिक भवन निर्माण गरिने छ। गाउँपालिकाको केन्द्र डाँडापराजुलमै बनाउन स्थानीय दाताले जग्गा दान गरेका हुन्। 

स्थानीय जनताले गाउँपालिकाको केन्द्र कायम गर्नका लागि जग्गा दान गरेकोमा दातालाई धन्यवाद दिएका छन्। हाल सोही स्थानमा गाउँपालिकाको अस्थायी केन्द्र छ। अध्यक्ष मल्लले जग्गाता दुवैजनालाई धन्यवाद दिएका छन्। उनले दाताहरूलाई गाउँपालिकाले सम्मान गर्नेसमेत जानकारी दिए। स्थानीय तहको निर्वाचनसँगै गाउँपालिका स्थापना भए पनि स्थानीय तहका आफ्नै भवन नहुँदा गाउँपालिकाको कार्यसम्पादन प्रभावकारी हुन सकिरेहका छैन। अध्यक्ष मल्लले भवन बनेपछि कार्यसम्पादन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.