|

काठमाडौं : नायक अनमोल केसी निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा अनुबन्ध भएका छन्। आइतबार साँझ अनमोल र मिलनबीच औपचारिक रूपमा कागजी सम्झौता भएको हो।  

अनमोल र मिलनबीच सम्झौता हुदा 'लिलिबिली' निर्माता सुदीप खड्का, स्क्रिप्ट राईटर प्रदीप भारद्धाज र अनमोलका पिता भुवन केसी पनि साथमा थिए। फिल्मलाई मिलन र सुदीपले संयुक्त रुपमा निर्माण गर्नेछन्। त्यस्तै, यस फिल्मको पटकथा प्रदीपले लेख्दैछन्। 

‘क्याप्टेन’को सुटिङमा व्यस्त अनमोल शनिबबार मात्र झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका थिए। ‘क्याप्टेन’ सुटिङ सकिए लगत्तै अनमोल 'ए मेरो हजुर ३' को सुटिङ गर्नेछन्। त्यसपश्चात उनी मिलनको फिल्मलाई समय दिनेछन्।   

फिल्मको सम्पूर्ण छायांकन विदेशमा हुनेछ। अनमोलको अपोजिटमा भने नायिकाको खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.