|

लमजुङ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वी लमजुङको दोर्दी करिडोर र मर्स्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना तोकिएको समयअगावै सम्पन्न गर्न निर्देशन दिएका छन्। शनिबार र आइतबार निर्माणाधीन आयोजनाको निरीक्षणपछि उनले यस्तो निर्देशन दिएका हुन्।

घिसिङले आयोजना निर्माणमा ढिलाइ हुनुको कारणबारे आयोजनाका प्रवर्धक तथा सञ्चालकसँग जिज्ञासा राखे। जवाफमा सञ्चालक तथा प्रवर्धकका प्रतिनिधिले २०७२ वैशाख १२ को भूकम्प, नाकाबन्दी, ट्रान्समिसन लाइन निर्माण नहुनु, दोर्दीखोलामा अाठ वर्षअघि निर्माण थालिएको पुल निर्माण नहुनु, आयोजनामा सुरक्षाको अभाव, सडकको अवस्थाका कारण आयोजनाको निर्माणकार्यले गति लिन नसकेको जवाफ दिए।

यस्तै उनीहरूले निर्माणाधीन आयोजनाको काम समयमा सक्न प्रसारण लाइनको व्यवस्था गर्नुपर्ने बताए।

घिसिङले लमजुङका मर्स्याङ्दी करिडोर, ङादी करिडोर र दोर्दी करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणाधिन अवस्थामा रहेका जलविद्युत् आयोजनाको अनुगमन तथा निरीक्षण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.