|

तेह्रथुम : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालतले सात वर्ष कैदको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलांगी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र  ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो । 

उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्षजेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । 

अदालतले उनलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.