|

दैलेख : दैलेख निर्धारित समयअगावै काम सकाएको भन्दै एक निर्माण कम्पनीलाई पुरस्कृत गरिएको छ। कट्टीखोला मोटरेबल पुल निर्माण गरिसक्नुपर्ने समयभन्दा दुई महिनाअघि सकाएको र गुणस्तरीय काम गरेको भन्दै सपना निर्माण सेवा (हेटौंडा) लाई बोनससहित पुरस्कृत गरिएको हो।

जिल्ला प्राविधिक कार्यालयले बोनसबापत पाँच लाख ५ सय ३७ रुपैयाँ पुरस्कार सपना निर्माण सेवाका दैलेख प्रतिनिधि रुपक थापालाई प्रदान गरेको छ। थापाले स्थानीय स्तरमा काम गर्ने वातावरण भएमा समयमै निर्माण सकिने बताए।

उक्त पुल ३ करोड ४३ लाख २५ हजार २ सय ५३ रुपैयाँको कुल लागतमा निर्माण गरिएको हो। कट्टीखोलाको पुल निर्माण सकिए पनि जिल्लाका राकम कर्णालीअन्तर्गतका १० वटा पुल भने अलपत्र अवस्थामा छन्। इमानदार निर्माण व्यवसायी पहिचान नगरी ठेक्का दिँदा काम अलपत्र परेका स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.