|

आगामी जुन १४ बाट विश्वकप फुटबल सुरु हुने भएको छ। यस वर्षको विश्वकप एसियाली देश रुसमा जुन १४ बाट जुलाई १५ सम्म सञ्चालन हुनेछ। विश्वकप फुटबलमा संसारबाट ३२ टिमको सहभागिता रहेको छ। आठ समूहमा खेलाइने खेलमा  यसरी समूह विभाजन गएिको छ। 

पहिलो समूह 'ए'मा आयोजक रुस, साउदी अरब, इजिप्ट र उरुग्वेले लिग चरणका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। त्यस्तै, समूह 'बी'मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन्। समूह 'सी'मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क आमनेसामने हुँदा, समूह 'डी'मा अर्जेन्टिना, क्रायसिया, आइसल्याण्ड र नाइजेरिया भिड्ने छन्।त्यस्तै, समूह 'ई'मा ब्राजिल, स्विट्जरल्याण्ड, कोष्टारिका र सर्विया भिड्ने छन्। समूह 'एफ'बाट जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन्। समूह 'जी'मा बेल्जियम पानामा, ट्युनिसिया र बेलायत रहेका छन्। समूह 'एच'बाट पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान खेल्ने छन्। 

विश्वकको पहिलो खेलमा आयोजक रसियाले साउदी अरबसँग लुजनिक्की रंगशालामा १४ जुनमा प्रतिस्पर्धा गर्ने भएको छ।  स्टेन्स्लाव चेर्चेस्कको प्रशिक्षणमा रहेको रसियाली टिम आयोजक भएको र घरेलु मैदानमा हुने पहिलो खेलमा विजयी सुरुवाताका साथमा विश्वकपको सुरुवात गर्ने दाउमा रहेको छ भने साउदी अरब पनि आयोजकलाई हराउने दाउमा रहेको छ।  

विश्वकपको इतिहासमा अहिले सम्म १० पटक भाग लिएको रसिया सन् १९६६ मा अन्तिम चारमा प्रवेश गरेको थियो। सन् १९९४ मा पहिलो पटक विश्वकपमा छनोट भएको साउदी अरबले चार पटक विश्वकप खेलिसेको छ। उसले सन् १९९४ मा अन्तिम १६ मा प्रवेश नै राम्रो प्रदर्शन हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.