|

बुटवल : रूपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र उनकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतम आठ वर्षपछि पक्राउ परेको प्रहरीले जनाएको छ। 

अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई दुई दिन अघि पक्रिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। 

पक्राउ परेका दुवै जनालाई अनुसन्धानपछि रूपन्देही जिल्ला अदालतमा दाखिला गरिएको समेत प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.