|

रुकुम : रुकुम पश्चिमको एक विद्यालयमा विद्यार्थीहरू एक्कासी बेहोस हुने समस्या देखिएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका १, लागिममा रहेको जनएकता आधारभूत विद्यालयमा यस्तो समस्या देखिएको हो। 

विद्यार्थीहरूमा आँखा राता हुने, मुटु दुख्ने, भुँइमा लड्ने, मुर्छा पर्ने र हातखुट्टा बांगिनेलगायतका समस्याहरू देखिएको हो। यस्तै समस्याका कारण विद्यालयका दुई दर्जन विद्यार्थीहरू बिरामी परेपछि बिद्यालय पनि आश्चार्यमा परेको छ। 

विद्यार्थीहरुमा दैनिजसो यस्तो समस्याहरु देखिन थालेपछि आइतबारसम्मका लागि विद्यालयसमेत बन्द गरेर बिरामीहरू उपचार भइरहेको प्रध्यानाध्यापक गोविन्द मल्लले जानकारी दिए। ‘विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा कार्यालयलगायतसँगको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको छ’ उनले भने, ‘यस्तो समस्या देखिनेमा अधिकांस छात्राहरू रहेको छन भने केही त छात्र पनि छन्।’ 

उनका अनुसार यस्तो समस्या विद्यालयमा सोमबारदेखि देखापरेको हो। बेहोस हुने समस्या भएका बिद्यार्थीहरूको उपचार जारी रहेको र समस्या नियन्त्रण उन्मुख रहेको स्वास्थ्य चौकी पीपलका इन्चार्ज सन्देश चन्दले बताए। उनका अनुसार १४/१५ वर्ष उमरका बिद्यार्थीहरू विरामी दोहोरिएको समस्या देखिएको र नयाँ विरामी थप भएका छैनन्। 

‘यस्तो समस्या बेलाबेला विद्यालयहरूमा देखिने गरेको छ, यो मास हिस्टेरीयाको लक्षण हो’ इन्चार्ज चन्दले भने, ‘यसका लागि आवश्यक उपचारको काम भैरहेको छ, त्यस्तो डराउनुपर्ने अवस्था छैन।’ 

विद्यालयमा यस अघि पनि पटक पटक यस्तो खालको लक्षण देखिएर केही विद्यार्थी विरामी भएका थिए। लामो समयको अन्तरालपछि विद्यालयमा यस्तो समस्या देखिने गरेको तर तत्कालै ठीक हुने गरेको भए पनि यस पटक भने निरन्तर रोग लागिरहेको विद्यालयलये जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.