|

 

उत्साहका फूल सबै झरिसके जस्तो लाग्छ

गर्नुपर्ने भूलजति गरिसके जस्तो लाग्छ

कसैले माया गर्ने मान्छेको सूची माग्यो भने

कस्सम! सबै जना मरिसके जस्तो लाग्छ।

 

 

भाग्य त सबैको विधाताले नै लेखेको हो

बाँचुन्जेल उसलाई गरिबीले लखेटेको हो

चल्यो आधा जीवन, विचरा ऋण, धनमा

 ब्याजकै यातनाले ऊ चितामा पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.