|

ताप्लेजुङ : गृहमन्त्री रामबहादुर थापाले अाफू अपराधीहरुलाई निस्तेज पार्ने काममा जुटेको बताएका छन्। शनिवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवन उद्घाटन गर्न यहाँ अाएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै समाजलाई विभिन्न किसिमले पीडा दिनेहरूलाई क्रमश: नियन्त्रण गर्दै जाने बताए।

'पूर्वाधार निर्माणमा हेलचेक्र्याइँ गर्नेलाई छाड्दैनौँ', उनले भने, 'निर्माणको जिम्मा लिएर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारको सूची सम्बन्धित मन्त्रालयले तयार पाराेस्। कारबाही हामी गर्छौँ।' पाथीभरा जाने सडक निर्माणमा भएको ढिलासुस्तीबारे चासो राख्दै थापाले यस्तो बताएका हुन्।

कन्काई कम्पनीले दुई वर्ष भित्रै ग्राभेल गर्ने, नाली काट्ने काम सक्नेगरी २०७२ असारमा ठेक्का लिए पनि हालसम्म काम पूरा नभएको भन्दै स्थानीयले मन्त्री थापाको ध्यानाकर्षण गरेका थिए। 

यसअघि गृहमन्त्री थापाले शनिबार बिहान जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन उद्घाटन गरे। उनले जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट गर्ने तथा उत्तरी नाका ओलाङचुङगोला क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। त्यसपछि संखुवासभाको जिल्ला प्रशासन कार्यालय भवन उद्घाटन गर्न जाने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.