|

काठमाडौं : विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रीचार्जरले एक रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ। आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमीलाई ९९९ रुपैयाँको जर्सी एक रुपैयाँमा उपलब्ध गराउने अफर रीचार्जरले ल्याएको हो।

विश्वकप फुटबल सुरु हुन दुई साता मात्र बाँकी रहँदा रीचार्जरले नेपाली फुटबल पारखीलाई लक्षित गरी ल्याएको यो अफर आइतबार दिउँसो १२ बजेबाट सुरु हुने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरलले जानकारी दिए। 

उनका अनुसार यो फरर मोबाइल एपमा मात्र लागू हुने छ। गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रीचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले एक सय रुपैयाँ ‘क्यास ब्याक’ पाउने छन्। साथै जतिको मोबाइल रिचार्ज गरिन्छ त्यत्ति नै क्यास व्याक पाउने सुविधा पनि एपमा छ। प्राप्त क्यास ब्याकलाई पछि रीचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ। 

‘तपाईले ५०० रुपैयाँ क्यास ब्याक सदुपयोग गरी एक रुपैयाँ मात्र भुक्तान गर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ।’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने। उनका अनुसार यो अफर सीमित अवधीका लागि मात्र लागू हुनेछ। 

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ–बैंकिंग, इ–सेवा, आईएमई–पेलगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ।’ ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने। 
उनका अनुसार होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरू पनि तिर्न सकिने तयारी गरिरहेको रीचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.