|

काठमाडौं : युनाइटेड वेभरेज प्रालीले ह्याप्पी ब्राण्का जुसहरु पनि नेपाली बजारमा विक्रि सुरु गरेको छ। पाँच वर्षदेखि पल्पी ब्राण्डका दुई किसिमको स्वादका जुसहरुको उत्पादन गर्दै आएकोमा आइतबारबाट ह्याप्पी ह्वार नामको जुस बजार पठाउन सुरु गरिएको प्रालीका अध्यक्ष भेषराज दुवाडीले बताए।
आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवबाट युनाइटेले उत्पादन गरेका जुसको सार्वजनिक गरिएको हो।  

विभिन्न  ११ किशिमकास्वादका जुसको एक लिटर, आधा लिटर र १७० एमएलका जुसहरु बजारमा पठाइएको छ । गैरआवसीय नेपाली संघ एनाआरएनएका सहकोषाध्यक्ष सोमनाथ सापकोट सहितका एनआएन र नेपाली व्यवसायीको संयुक्त लगानीमा उत्पादन सुरु गरिएको छ। चीतवनको रत्ननगरमा पाँच कठ्ठा जग्गामा विस्तार गरिएको उद्योगमा सुरुवाती चरणमा २० करोड रुपैयाँको लगानी गरिएको छ। 

जुस उद्योगबाट करिब २ सय जनाले रोजगारी पाएका छन्। भने प्रतिघण्टा २ हजार लिटर उत्पादन क्षेमता रहेको छ। 

मुलुक भित्रका उद्योगलाई प्रवद्र्धन गरिएमा उद्योगले छिटै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन विस्तार गर्ने प्रालीका अध्यक्ष दुवाडीले बताए।   उनले उद्योगमा लाग्ने कच्चा पदार्थमा भन्सार छुटको लागि सरकारसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.