|

संखुवासभा : संखुवासभा जिल्लाको बृहत खाँदबारी दास्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना लेखापरीक्षणको खर्च ३० लाख तीस हजार निस्किएको छ। आर्थिक वर्ष २०७०/७१ देखि ७४/७५ सम्ममाको लेखापरीक्षणको खर्च ३० लाख तीस हजार ६६० रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख गरिएको  छ। गत बिहीबार भएको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोस्रो साधारण सभा कार्यक्रममा आर्थिक प्रतिवेदनमा उक्त खर्च उल्लेख गरिएको हो। 

नयाँ उपभोक्ता समिति चयनका लागि बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगरेको भन्दै अनिश्चिकाल लागि स्थागित गरिएको छ। समितिले जिम्मा लिएको काम सम्पन्न नगरेसम्म समिति जिम्मेवारीबाट अलग हुन नहुने उपभोक्ता कुमारबहादुर मगरले बताए। योजना सर्भे तथा नापी डिजाइनहरु प्राविधिक हिसाबबाट त्रुटिपूर्ण भई संझौता बमोजीमको खानेपानीको धारा पाइप तथा वितरण प्रक्रियामा समस्या उत्पन भएको उपभोक्ता अश्विन बज्राचार्यको बताए। आर्थिक हिसाब हालसम्म अडिट नगरी चरम आर्थिक हिनामिना गरेको भन्दै आर्थिक पारदर्शी देखाइ तत्काल पानी वितरण गरी साधारण सभा गरिनु पर्ने बज्राचार्यको माग छ। 

खाँदबारी खानेपानीले ४४ करोड ४३ लाख १५ हजार ८०० रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ। उपभोक्ताले भने समितिले खानेपानी आयोजनाको काम सम्पन्न गरेको पाँच महिना बितिसक्दा पनि धारामा पानी नआएको भन्दै पुरानै समितिले काम गर्नु पर्ने माग राखेका छन्। 

विभिन्न समस्याका कारण समयमा पानी वितरण गर्न नसकिएको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नरेन्द्र राईले बताए। पानीको मुहान लामो दुरीमा रहेको र मुख्य सडकमा पाइप विस्तार भएकाले पानी वितरण गर्न नसकीएको अध्यक्ष राईले भनाई छ। किमाथाङ्का–जोगवनी सडक खण्ड अन्र्तगतको सडकमा खानेपनीको पाइप विस्तार गरिएको छ। उपभोक्तालाई अझै पनि यतीनै समयमा पानी वितरण गर्न सकिन्छ भन्ने यकिन नभएको अध्यक्ष राईले बताए। 

खाँदबारीदेखि ४३ किलोमिटर टाढा रहेको मकालु गाउँपालिका–५, मांसिमाको सिमाली खोलाबाट खाँदबारी नगरपालिकामा शुद्ध पिउन योग्य पानी वितरण गर्ने उद्देश्यका साथ आयोजना सञ्चालन गरिएको हो। आयोजनाले २०७२ साल माघसम्ममा चौविसै घण्टा शुद्ध पिउन योग्य पानी उपलब्ध गराउने भनी २०७० साल असोज महिना बाट निर्माण कार्य प्रारम्भ गरिएको थियो। निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने काम ५१ महिनामा पनि आयोजना सम्पन्न हुन सकेको छैन। 

खाँदबारी नगरपालिकाको एकदेखि नौ वडासम्म, चिचिला गाउँपालिकाको चिचिला बजर क्षेत्र र कुवापनी गरी करिव तीन हजार ५०० उपभोक्ता रहेका छन्। आयोजना सञ्चालनका लागि खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्तबाट उठाएको पाँच प्रतिशत रकम, नगर विकास कोषबाट प्राप्त ऋण ४५ प्रतिशत र बाँकी रहेको ५० प्रतिशत अनुदान रकम खानेपानी सब–डिभिजन कार्यालय मार्फत लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.