|

लमजुङ : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ठीक ढंगले काम गर्न नसके जनताले अर्को विकल्प खोज्न सक्ने बताएका छन्।

लमजुङ, सुन्दरबजार नगरपालिकाको दोश्रो नगरसभालाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले जनताले स्थिरताको म्याण्डेड दिएकाले सरकारले ठीक ढंगले काम गर्न नसके अर्को विकल्प खोज्न सक्ने धारणा राखेका हुन्। 

अर्को प्रसंगमा उनले सुल्टो काम नभई उल्टो काम भएकाले आफूहरूले दुःख पाएको उल्लेख गरे। ‘पहिले संघीय सकार, दोश्रो प्रदेश सरकार र तेश्रोमा नगर सरकार र गाउँ सरकार बन्नुपर्ने थियो, त्यसो हुँदा श्रोतसाधनको व्यवस्थापन, जनशक्ति व्यवस्थापन र कानुन व्यवस्थापन गर्ने कुरा सुल्टो हुन्थ्यो, तर सुल्टोको साँटो उल्टो काम भएकाले अहिले हामीहरूले दुःख पाएका छौँ’, उनले भने। उनले जनताको समस्या समाधानका लागि स्थानीय सरकारले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङलाई सुन्दरबजार नगरपालिका ५ तार्कु खहरेले मह र मौरीको घार प्रदान गरेका थिए। सुन्दरबजार अस्पतालमा रहेका समस्या समाधानमा पहल गरिदिनका सुन्दरबजार अस्पतालले मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र समेत बुझाएको छ। यसैगरी आतबार नै मुख्यमन्त्री गुरुङलाई सिर्जनशील तमु समाज पैरेले सम्मान गरेको छ।

नगरसभामा नगरपालिकाका उपमेयर ज्ञानु शाहले स्वागत गरेको नगरपालिकाको दोश्रो नगरसभामा नगरपालिकाका मेयर जनकरजा मिश्रले आर्थिक वर्ष २०७४।७५ को कार्य प्रगतिको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदन प्रस्ुतत गर्दै उनले चालु आर्थिक वर्ष २०७४।७५ मा नगरपालिकालाई वित्तीय समानीकरण अनुदानवापत १५ करोड, ८९ लाख ४६ हजार, वित्तीय समानीकरण सशर्त अनुदान १५ करोड ३० लाख १७ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रमबाट चार लाख १९ हजार, सामाजिक सुरक्षा कार्यक्रमबाट पाँच करोड ८८ लाख ९९ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १८ लाख नौ हजार, आन्तरिक श्रोतबाट ७१ लाख ६० हजार राजश्व वाँडफाँडबाट ४६ लाख प्राप्त भएको जानकारी गराए।

उनका अनुसार नगरपालिकाको कृषि, पशुसेवा महिला विकास स्वास्थ्य शाखा र वन कार्यक्रमहरुबाट नगरपालिकाका विभिन्न वडामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.