|

काठमाडौं : यस वर्षको विश्व वातावरण दिवस सरकारले सिंहदरबारमा विभिन्न प्रजातिका फलफूलका विरुवाहरू रोपेर मनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ को मंगलबार काठमाडौंमा शुभारम्भ गर्दै मानव जातिको सुरक्षाका लागि पनि वातावरणीय सन्तुलन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
प्रधानमन्त्रीले सिंहदरबारमा यस्तो बताइरहँदा भक्तपुरमा भने वातावरण प्रदूषणको अवस्‍था दयनीय देखिन्थ्यो।  इँटाभट्टाबाट निस्कने धुवाँ र धुलोले यहाँको वातावरण र मानव जीवनको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको देखिन्थ्यो।

प्रदूषणका हिसाबले उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर सबैभन्दा बढी प्रदुषित छ। भक्तपुरमा सञ्चालित विभिन्न इँटाभट्टाका कारण यो जिल्ला उपत्यकामै सबैभन्दा बढी प्रदूषित हुन पुगेको हो।

भूकम्पले अग्ला चिम्नी भत्काएपछि होचो चिम्नीका कारण पनि थप वातावरण प्रदुषणमा मद्धत पुगेको हो। प्रदूषणको मात्रा दिउँसो र बेलुकाभन्दा बिहानको समयमा बढी देखिने गरेको छ।

सबैभन्दा बढी इँटाभट्टा भक्तपुरमा सञ्चालित छन्। घरेलु तथा साना उद्योगमा दर्ता भएर मात्रै यहाँ पाँच दर्जनभन्दा बढी इँटाभट्टा सञ्चालनमा छन्। वायु प्रदुषणको मापन गर्न सरकारले ई-स्याम्पलर नामक मेशिन काठमाडौंको पुतलीसडक, भक्तपुरको सिद्धि स्मृति महिला तथा बालबालिका अस्पताल तथा काभ्रेको पाँचखालमा राखेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.