|

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख जिल्लाभर काम गरिरहेका विभिन्न ठेकेदार कम्पनी मध्ये २० वटा कम्पनीको नाम र ठेकेदारहरूको विवरण गृह मन्त्रालय काठमाडौंमा पठाएको छ। सोमवार जिल्लाभर काम संचालन गरिरहेका मध्ये समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनीहरूको विवरण केन्द्रमा पठाएको हो।

उनीहरूले पाएको काम, काम सुरु गरिएको मिति, सम्पन्न गर्नुपर्ने मितिलगायतको विवरण केन्द्रमा पठाइएको दैलेखका प्रमुख जिल्ला विश्वराज न्यौपानले जानकारी दिएका छन्। न्यौपानेका अनुसार काममा धेरै ढिलाइ भएको दुइवटा ठेक्का भेटिएको छ भने १८ वटा निर्माण कम्पनीले अहिले म्याद थप गरेर काम संचालन गरिरहेका छन्। उनले भने, ‘थपिएको समयभित्रै काम सक्न भनेर म आफैँले पनि फोनमार्फत ठेकेदार कम्पनीहरुलाई जानकारी गराएको छु।’ 

नौमुलेमा रहेको स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले २०६७ सालमा जिम्मा लिएर हालसम्म निर्माण सम्पन्न गर्न सकेको छैन्। नाजुक अवस्थामा रहेको भन्दै आफैँले फोन गरेर ठेकेदारलाई पक्राउ प्रक्रिया थाल्नु पर्ने वा काम सक्ने भनेपछि असारसम्म काम सक्ने जानकारी ठेकेदार कम्पनीले दिएको न्यौपानेले बताए।

राकमकर्णाली र अछाम जोड्ने पुलमा पनि समस्या छ। अहिले पुलको नयाँ डिजाईन गर्नुपर्ने अवस्थामा आएकोले काम राकिएको बताइएको छ। पुलको डिजाइनमै परिवर्तन गर्नुपर्ने अवस्था भएको भनेर निर्माण कम्पनीले जानकारी दिएको छ। 

भ्याद नाघेका आयोजनाका विवरण

ठेक्काको जिम्मेवारी लिएका तर काम सम्पन्न नभएका दुल्लू अस्पताल, दुल्लू अस्पताल क्वाटर, पिलाडी स्वास्थ्य चौकी, मालिका स्वास्थ्य चौकी, लयाँटी स्वास्थ्य चौकी, भैरी कालिकाथुम स्वास्थ्य चौकी, गोगनपानी स्वास्थ्य चौकी, नेपा स्वास्थ्य चौकी, दुल्लू स्मार्ट सहर, कोटिला शिरिस्थान सडक, जिल्ला प्रशासन भवन, जिल्ला कारागार भवन लगायतका करोडौंका भवन, पुल र अन्य पूर्वाधारहरू भनेको समयमा निर्माण सम्पन्न हुन सकेका छैनन्।

पेटीमा ठेक्का बेच्ने प्रचलनले काममा ढिलाई

जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको सर्वेक्षणअनुसार कामको जिम्मा लिने ठेकेदार कम्पनी पि क्यूका आधारमा ठूलो कम्पनी हुने र ठूलो कम्पनीको आधारमा पुनः अर्को कम्पनीलाई मुनाफा जोडेर कामको जिम्मोवारी दिने, जिम्मेवारी पाएकोले पनि पुनः अर्कोलाई जिम्मा दिने प्रवृती धेरै भएकोले दैलेखका विभिन्न भौतिक पूर्वाधारका कामहरू समयमै सम्पन्न हुन नसकेको देखिएको छ। 

प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने मुख्य ठेकेदारलाई अन्तिममा दोष आउने तर ठेक्काहरू एकले अर्कोलाई अर्कोले अर्कोलाई विभिन्न चरणमा कमिशन बचाउँदै बिक्रि गर्ने प्रचलन सँगै धेरै पिक्यू भएका ठेकेदारहरूसँग मिलेर कामको जिम्मा लिएका अन्य साना ठेकेदार कम्पनीहरूको बदमासीले पनि काममा समस्या भएको भेटिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.