|

दाङ : दाङबाट उडान भर्दै आएको समिट एयरले एकतर्फी रूपमा भाडा वृद्धि गरेपछि उडान प्रभावित भएको छ। समिट एयरले सात हजार २०० रुपैयाँबाट बढाएर नौ हजार ८८० रुपैयाँ पुर्‍याएपछि उडान प्रभावित भएको हो। 

करिब २ वर्षदेखि बन्द रहेको दाङ तुलसीपुर टरीगाउँको विमान स्थलमा गत पुस १९ गते समिट एयरले हवाई सेवा सुरु भएको थियो। १८ सिट यात्रु क्षमता भएकोे समिट एयरले हप्तामा दुई दिन आइतबार र शुक्रबार  उडान भर्ने भनी तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेको थियो। 

तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु सात हजार २०० रुपैयाँ भाडा लिने सहमति भएको थियो। सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलो पटक दाङको टरीगाउँ एयरर्पोटबाट उडान भरेको हो। तर सम्झौता गरेको छ महिनामै सेवा प्रभावित हुन पुगेको छ।

इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु दुई हजार ६८० रुपैयाँ एकतर्फी रूपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ। भाडा वृद्धिसँगै यात्रुहरु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन। समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरेपनि पछिल्लो समय आएर आइतबार मात्रै उडान भर्दै आएको थियो। 

अघिल्लो आइतार काठमाडौं जानका लागि नौ जना यात्रु थिए,’ तुलसीपर उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले भने, ‘उताबाट पुरानो भाडादरमा उडान भर्न नसिकने भन्दै क्यान्सील भएको बताएपछि टरीगाउँ एयरर्पोटमा जहाँजको पर्खाइमा बसेकलाई पैसा फिर्ता दिएर पठायौँ।’ 

त्यस्तै, ७५० मिटरको धावन मार्गको लम्वाईमा कालोपत्रे छ भने त्यसको चौडाई ३० मिटर मात्रै छ। धावनमार्ग निर्माणका क्रममा सम्बन्धित निकायले ध्यान नदिँदा टरीगाउँ विभानस्थलको भविष्य नै चिन्ताको अवस्थामा पुगेको स्थानीय बताउँछन्।

विस २०११ सालमा स्थापना भएको विमानस्थलमा इन्धन डिपो स्थापना गर्न सकेमा इन्धन तुलसीपुरमै भर्न सहज हुने बताइएको छ। धावन मार्ग विस्तार गर्न सकेमा केही ठूला खालका विमान आउने हुँदा भाडा सस्तो हुन सक्ने बताउँछन् तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजाल। उनका अनुसार यहाँको विमानस्थल प्रभावित हुँदा दाङवासी विमान सेवा लिनको लागि नेपालगंज र भैरवा जानु पर्ने बाध्यता छन्।

तुलसीपुरमा यसअघि नै प्रदेश ५ स्तरीय इन्धन डिपो स्थापना गर्ने कुरा तत्कालीन ऊर्जा मन्त्री गणेशमान पुनले निर्णय गरेका बताउँदै स्थानीय सरकारले त्यसप्रति ध्यान दिन आवश्यक रहेको रिजालेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.