|

काठमाडौं : सरकारले बोनस र हकप्रद सेयरमा गरेको पुँजीगत लाभकरको नयाँ व्यवस्थाले आक्रोशित सेयर लगानीकर्ताले मंगलबार सेयरबजारको कारोबार पूर्ण रूपमा बन्द गरेका छन्।
नयाँ पत्रिकाका अनुसार गत शुक्रबार आन्तरिक राजस्व विभागले पत्राचार गरी बोनस तथा हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित मूल्यलाई नै आधार बनाएर कर असुल्न निर्देशन दिएको थियो। सरकारको उक्त निर्णयपछि आन्दोलित लगानीकर्ताले बजार नै बन्द गरेका हुन्।

सार्वजनिक विदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको दोस्रोपटक हो। कारोबार दैनिक लेख्छ– यसअघि गत वर्ष असारमा धितोपत्र दलाल कम्पनीले सेयर खरिदबिक्री आदेश नै नलिएपछि कारोबार हुन सकेको थिएन। 

धितोपत्र कारोबारमा पुँजीगत लाभकर गणनाको विषयमा असन्तुष्ट लगानीकर्ता विरोधमा उत्रिएपछि अर्थ मन्त्रालयले अध्ययन थालेको खबर अार्थिक अभियान दैनिकले छापेको छ। अर्थमन्त्रालयले मंगलबार वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरी अध्ययन थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.