|

ताप्लेजुङ : फक्तालुङ गाउँपालिका–२ खेजेनिममा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

मंगलबार साँझ झरेको पहिरोले बा २ ग ५२६३ नम्वरको स्काभेटर पुरिँदा चालक पाँचथर, हिलिहाङ गाउँपालिका–२ का कृष्णवहादुर कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। घटनामा सहचालक विष्णुकुमार श्रेष्ठ सामान्य घाइते। उनको अवस्था सामान्य रहेको प्रहरी बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.