|

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३-० ले हराको छ। मोहमद सलाहविहीन इजिप्टमाथि बेल्जियमम पूरै समय हावी भएको थियो। ब्रसेल्समा भएको खेलमा चोटका कारण मैदान बाहिर रहेका सलाह मैदानमा उत्रिएनन्।

इजिप्टको प्रदर्शनमा सलाहको अभाव स्पष्ट देख्न सकिन्थ्यो। बेल्जियमले आफ्नो दबदबा प्रस्तुत गर्ने क्रममा पहिलो हाफमा नै दुई गोल गरेको थियो। खेलको २७ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा उसका लागि ३८ औं मिनेटमा इडेन हजार्डले दोस्रो गोल सम्भव बनाए।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बेल्जियमविरुद्ध दोस्रो हाफमा इजिप्ट सम्हालिए पनि गोल गर्न असफल भयो। तर इन्जुरी समयको दोस्रो मिनेटमा बेल्जियमले तेस्रो गोल सम्भव बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। उसका लागि मारुवान फेलीनीले तेस्रो गोल गरेका थिए।

हारले इजिप्टलाई विश्वकप सचेत गराएको छ। साथै उसले जतिसक्दो चाणो सलाहलाई मैदानमा उतार्ने आवश्यक्ता समेत देखिएको छ। यस्तै अर्को खेलमा विश्वकपमा सहभागी भएको टिम पानामा नर्वेसँग १-०ले पराजित भयो। भने अर्को अफ्रिकन टिम नाइजेरिया चेक रिपब्लिकसँग पनि १-० ले नै पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.