|

काठमाडौं : वासु शशी स्मृति परिषद्, काठमाडौंले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणालाई पुरस्कृत गरेको छ। 
परिषदले २०७३ सालको वासु शशी साहित्य पुरस्कारबाट साहित्यकार प्रेरणालाई ताम्रपत्र रु. १५,०००।-

नगद राशिसहित पुरस्कृत गरेको हो। कार्यक्रममा परिषदका अध्यक्ष तथा नेपाल संगीत नाट्य प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले पुरस्कृत साहित्यकार प्रेरणालाई पुरस्कार प्रदान गरे।
सो अवसरमा अध्यक्ष रसिकले साहित्यकार प्रेरणाले नेपालबाहिर रहेर पनि साहित्य कर्ममा संलग्न रही भाषा साहित्यको सेवा गरेको उल्लेख गरे। पुरस्कृत स्रष्टा साहित्यकार प्रेरणाले आफूलाई यस पुरस्कारले ऊर्जा दिएको बताए। 
वासु शशी स्मृति परिषदले यसअघि नै, गत साल चैत्र १३ गते एक कार्यक्रमको आयोजना गरी वासु शशी साहित्य सम्मान २०७३ द्वारा सम्मानित कवि कृष्ण जोशी, वासु शशी साहित्य सम्मान २०७४ द्वारा सम्मानित साहित्यकार रमा शर्मा, वासु शशी साहित्य पुरस्कार २०७४ बाट पुरस्कृत डा. शैलेन्दुप्रकाश नेपाललाई सम्मानित एवं पुरस्कृत गरिसकेको थियो।
कार्यक्रममा परिषदका सदस्यसचिव प्रद्युम्न जोशीले स्वागत भाषण गर्दै पुरस्कृत स्रष्टा गोविन्द गिरी प्रेरणाको परिचय प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.