|

संखुवासभा : संखुवासभाको धर्मदेवी- ६ का सन्देश जिमीका दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारमा रकम अभाव भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको प्रक्रियामा रहेका जिमीको उपचार खर्च जुटाउन परिवारजनले सबैमा सहयोग अपील गरेका छन्।

जिमी दुई महिनायता बिरामी परेर थलिएको उनका दाजु विशेष जिमीले बताए। गोडा सुन्निने र हिँड्न गाह्रो हुने समस्या देखिएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उनलाई चेक जाँच गराउदाँ दुवै मिर्गौलाले काम नगरेको पत्ता लागेको हो।

परिवारको आर्थिक अवस्थाले कमजोर भएकोले दैनिक जीवनयापन गर्ने नै समस्या छ कसरी भाइको उपचार गर्ने भन्ने समस्या भएको उनका  दाजु विशेषले दुख व्‍यक्त गरे। उपचार खर्च धान्न नसक्ने भएपछि सहयोगको हात फैलाइएको उनको भनाइ छ। उनका अनुसार भाइ सन्देशको उपचारमा अहिलेसम्म चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

सरकारले निशुःल्क उपलब्ध गराएको डायलासिस सेवाका लागि अस्पतालहरूमा ठाउँ नपाएपछि महँगो शूल्क तिर्नुपरेका कारण पनि खर्च बढेको उनको भनाइ छ। लामो प्रयासपछि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निशुल्क डायलासिसको ठाउँ पाएको उनले सुनाए। मिर्गौला बिरामी सन्देशलाई अहिले हप्तामा दुईपटक डायलासिस गराउनुपर्ने दाजु विशेषले बताए।

सन्देशलाई मिर्गौला दान गर्न आमाले  दिने उनका दाजु विशेषले बताए। स्वास्थ्य परीक्षण गर्दा आमा चुराकुमारीले मिर्गौला दिन मिल्ने देखिएको हो। हालसम्म आमा र भाइको स्वास्थ्य परीक्षण सकिएको र केही दिनमै प्रत्यारोपण प्रक्रियाका लागि नाम दर्ता गराइने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.