|

काठमाडौं : नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीले काठमाण्डौ उपत्यकामा एक दिने इन्जिनियरिङ मेला गरेका छन्। शनिबार राजधानीमा गरिएको मेलामामा विद्यार्थीहरूले आफूले बनाएका सामाग्रीहरूको प्रदर्शन गरेका हुन्।

विशेष गरेर लघु जलविद्युत् आयोजनामा प्रयोग गरिने प्रविधि, आर्किटेक्चर , सिभिल इन्जिनियर लगायतका नया आविष्कारहरु प्रर्दशनिमा राखिएको छ। त्यसैगरी, बाँधबाट नदी नियन्त्रणको साथै सिंचाईको प्रवन्ध मिलाउने नमुना, मेडिकल एपहरु तथा शैक्षिक परामर्शका विभिन्न ४० वटा स्टल रहेका छन्। प्रर्दशनीमा उपत्यका बाहिरका सहित ३० वटा कलेजले सहभागीता जनाएका छन्।

मेलाको नेपाली कांग्रेसका नेताहरु कृष्ण सिटौला, अर्जुन नरसिंह केसी लगायतले अवलोकन गरेका थिए। त्यसैगरी चर्चित अभिनेता राजेश हमाल पनि मेला अवलोकन गर्न गरेका थिए। अवलोकन पछि कांग्रेस नेता सिटौलाले यस्ता श्रृजनशील कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर भएर अघि बढ्ने हौसला दिने भएकाले निरन्तरता दिनुपर्ने बताए।

मुख्य गरि ड्रोन, आधुनिक कृषि प्रणालीमा प्रयोग हुने प्रविधि मेलाका मुख्य आकर्षक रहेका छन्।प्रर्दशनीमा विभिन्न ३ वटा विधामा उत्कृष्ट भएकालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। फिजिकल इन्जिनियरिङ डिजाईन र मोर्डन टेक्नोलोजिकल डिजाईनरमा उत्कृष्ठ ठहरिएका एक /एक जनालाई पुरस्कृत गरिने छ। पुरस्कारको राशी जनही  १ /१ लाख रुपैया रहको छ।

 त्यसैगरी प्रर्दशनीमा अवलोकनकर्ताले धेरै मन पराएका स्टललाई पिपुल च्वाईस पुरस्कार दिने बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.