|

काठमाडौं : सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ। शनिबार सोसाइटी मिडियाले अधिकारीले लेखेको पुस्तक विमोचन गरेको हो। 
चितवनमा लामो समय रेडियो प्रस्तोताको रूपमा काम गरी अध्ययनका लागि बेलायत पुगेका लेखक अधिकारीले उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवा युवतीको भोगाई र प्रेमकथा समेटिएको बताए। साहित्यकार डा. तुल्सी भट्टराईले उपन्यासहरुको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताए। 

साहित्यका डा. बेञ्जु शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने भन्दै उपन्यास क्षेत्रमा ‘आधा आकाश’ सशक्त कृतिको रूपमा रहेको बताइन्। कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ र पुराना सबैखाले पाठकलाई न्याय गर्ने भन्दै युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने बताए।
 २ सय २३ पृष्ठ लामो पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.