|

काठमाडौं : गायिका मेलिना राई र सुजन तिंगेला लिम्बूको स्वरमा नयाँ गीत रिलिज भएको छ।  शनिबार गायिका मेलिना राईको युट्युब च्यानलमार्फत ‘तिमी भित्र भित्रै’ बोलको गीत सार्वजनिक गरिएको हो। जानु काम्बक लिम्बूको शब्द रहेको गीतमा गायक सुजनकै संगीत रहेको छ।

युगल पोमोको निर्देशनमा तयार भएको भिडियोमा क्रिष्टिना थापा र दिपान्शु थापाको अभिनय रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।  

युगल पोमो र तेन्जु योन्जनको करियोग्राफी रहेको भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन्। सार्वजनिक उक्त गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ भने किशोर थापाले गीतलाई मिक्सिङ गरेका छन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.