|

बैतडी :  वनभोज खान गएका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ४ गोठलापानीका  २५ वर्षीय अशोकमणि भट्ट रहेकाे बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। 

शनिबार बिहान वनभोज खान हिडेका युवकको मध्यान्ह १२ बजे दशरथचन्द नगरपालिका ९ नीलगाड खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोलामा बेपत्ता भएका युवकलाई दिउँसो साढे २ बजे प्रहरीले मृत फेला पारेका थिए। 

मृतक भट्टको शव परीक्षणका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ। गोठलापानी बजार व्यवस्थापन समितिले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भएका भट्ट गर्मी छल्न नुहाउन खोलामा गएकाे बताइएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.