साहित्य

राष्ट्रकविको स्वास्थ्यमा सुधार
SHARES

फाइल फाेटाे
जेठ २६, २०७५

    काठमाडौँ  : राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए। गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्कनु भएका राष्ट्रकवि घिमिरे पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो।

    'अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ। सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिन जति भयो।' छोरा इन्दीवरले भने, 'पहिलेको तुलनामा धेरै सुधार भएको छ। आउँदो सोमबारसम्म चिकित्सकले अस्पतालमा राखेर हेर्ने भएका छन्।'

    यसअघि उनलाई जेठ ९ गतेदेखि १० दिनसम्म मेदान्तमा राखेर उपचार गराइएको थियो। तर सोही दिनदेखि उनको पुरानो  सानो आन्द्राबाट रक्तश्राव हुने समस्या पुनः बल्झिएको थियो। उनको अहिले मेदान्तमा उच्च हेरविचार इकाइ (हाइकेयर युनिट) मा राखेर चिकित्सक डा. रणवीर सुदको टोलीले उपचार गरिरहेको छ।

    छोरा घिमिरेले छातीमा देखिएको निमोनियाको संक्रमण पनि ठीक भएको बताए। राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तश्राव भएपछि अस्वस्थ भएका थिए। शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउनु भएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो। राष्ट्रकवि घिमिरेको साथमा उनका कान्छा छोरा राजीव घिमिरे छन्। ९९ वर्षीय घिमिरे विगत चार महिनादेखि अस्वस्थ छन्।

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]