|

पर्वत : मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ। 

सोलुखुम्बु सल्लेरी घर भई तीन वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो। एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुखमा घाँस काट्न चढदा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.