|

काठमाडौं : असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘वीराङ्गना’को नयाँ गीत रिलिज भएको छ। सार्वजनिक 'तिम्रो हाम्रो मायामा' बोलको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमा रघु परियारको शब्द रहेको छ भने कृष्ण काफ्ले र रेश्मा पुनले स्वर दिएका छन्। सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको भिडियोमा शिल्पा पोखरेल र पृथ्वी प्रसाईंले मज्जाले नृत्य गरेका छन्।

राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा र पृथ्वीसँगै अनुपविक्रम शाही, धीरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय रहेको छ।

'फोर्थ आई मुभिज'को ब्यानरमा निर्माण भएको फिल्ममा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्टको संयुक्त लगानी रहेको छ। फिल्ममा देव तामाङ सहनिर्माताको रूपमा रहेका छन्। हरि घले लामाले खिचेको फिल्मलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका छन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.