|

पाँच पटकको विश्वविजेता ब्राजिलले रुस विश्वकप अघिको अन्तिम मैत्रिपूर्ण खेलमा अस्ट्रियामाथि ३-० को जित निकालेको छ। विश्वकपअघिको मैत्रिपूर्ण खेलमा अस्ट्रियालाई सहज रूपमा पराजित गर्ने क्रममा उसका स्टार खेलाडी गाव्रियल जेसस, नेयमार र फिलिप कउटीन्होले समान एक एक गोल गरे।

ब्राजिल जारी विश्वकपमा सर्वाधिक ठूलो दाबेदारका रूपमा चर्चा भइरहँदा उसले केही दिनअघि जर्मनीलाई हराएको अस्ट्रियाविरुद्ध एकपक्षीय आक्रमण गर्‍यो। म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर जेससले ३५ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै पीएसजीका स्टार स्ट्राइकर नेयमारले पनि दोस्रो हाफमा गोल गर्दे टिमको अग्रता दोब्बर बनाए।

नेयमारले ६३ औं मिनेटमा विलियनको पासलाई सदुपयोग गरेका थिए। ब्राजिलका लागि तेस्रो गोल काउन्टीन्होले ६९ औं मिनेटमा सम्भव बनाए।

ब्राजिलले विश्वकप सुरु हुनु अघिका पाँच खेलमा जित निकालेको छ। आगामी आइतबार स्वीट्जरल्यान्डविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्न लागेको ब्राजिलले समूह चरणमा कोस्टारिका र सर्वियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.