|

चितवन : सानै उमेरमा ब्लड क्यान्सर भएकी रत्ननगरकी एक बालिकाको उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ।

चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरकी आठ वर्षीया बालिका शिरीषा लामिछानेलाई ब्लड क्यान्सर भएपछि आार्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको याचना गरेका हुन्। उनको चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन सातादेखि उपचार भैरहेको छ।

उनकी ठुलीआमा सीता लामिछानेले रकम नभएकाले उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोग गर्न सबैमा आग्रह गरिन्। बालिकाको उपचारको लागि अहिलेसम्म चार लाख रुपैयाँ खर्च भइसकेको भन्दै अझै २० २५ लाख रुपैयाँ चाहिने अस्पतालले जानकारी दिएको उनले बताइन्।

शिरीषाको उपचारका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत समेत शिरीषा लामिछाने बचाउ अभियान सुरु गरिएको छ। उक्त अभियानबाट ५० हजार रुपैयाँ संकलन भइसकेको छ। उनकी आमा अर्कैसँग विवाह गरेर गएको र बुवा नारायण लामिछाने पनि वैदेशिक रोजगारीमा रहेकाले ठुलीआमा सीताले हेरचाह गर्दै आएकी हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.