|

काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारी र प्रमुख तीन दलका नेताबीच सोमबार छलफल हुने भएको छ। 

इलाकालाई आधार मानेर स्थानीय तहको सीमा र संख्या निर्धारण गर्न तीन दलको निर्णय अनुसार सरकारले दिएको निर्देशन आयोगले कार्यान्वयन हुन नसक्ने बताएपछि आयोगसँग छलफल गर्न लागिएको हो। 

बिहान साढे १० बजे सिंहदरबारमा हुने छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका नेता र आयोगका अध्यक्ष बालानन्द पौडेलसहितका सदस्य सहभागी हुने छन्। आयोगले निर्धारण गरेको ५ सय ६५ वटा स्थानीय तह न्यून भएको भन्दै सरकारले देशभर रहेका ९ सय २७ वटा इलाकालाई आधार मानेर सीमा र संख्या निर्धारण गर्न निर्देशन दिएको छ। 

आयोगले भने आफ्नो स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै संविधान विपरित आएको पछिल्लो निर्देशनबारे तीन दलसँग जिज्ञासा राख्ने आयोग सदस्य सुनिलरञ्जन सिंहले जानकारी दिए। कानुनअनुसार इलाकालाई चलाउन नपाइने र सरकारले भनेअनुसार गर्दा पनि अहिलेसम्म गरेका काम शून्यतामा गएर चैतमा स्थानीय तहको चुनाव गर्न नसकिने आयोगको ठहर छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.