मनोरञ्जन

'छक्का पञ्जा-३' मा स्वस्तिमाको इन्ट्री
SHARES

जेठ २८, २०७५

    काठमाडौं : हाल छायांकनरत फिल्म छक्का पञ्जा-३ मा स्वस्तिमा खड्काको इन्ट्री भएको छ। पोखरमा छायांकन भइरहेको फिल्ममा स्वस्तिमाले शनिबार सुटिङ ज्वाइन गरेकी हुन्। फिल्ममा स्वतिमाको केही सिन र एक गीत रहेको छ। उनले अन्य सिन सकिसकेकी छन् भने गीत बाँकी छ।

    फिल्म 'छक्का पन्जा-३' को छायांकन अन्तिम चरणमा पुगिसकेको छ। पोखरमा केही दिनको सुटिङ सेड्युल सकेर फिल्म युनिट काठमाडौं फर्किने र बाँकी छायांकन काठमाडौंमै गरिने निर्माण युनिटले बताएको छ।

    दीपाश्री निरौला फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहनेछ।

    दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ। पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरिरहेका छन्। फिल्मलाई दसौँमा रिलिज गर्ने निर्माण युनिटले घोषणा गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]