|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका लागी अबको एकवर्ष सर्वे र योजना निर्माणको वर्ष हुने बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा साेमबार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीमा दिर्घकालीन विकासका लागि योजनाको सर्भे र तयारी अहिलेसम्म नै नभएकाले अबको एकवर्ष योजना निर्माणको वर्ष हुने बताए।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए। अहिले पनि वितरण मुखी बजेटको मग भइरहेको भन्दै  मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि बजेटलाई वितरणमुखी नबनाएर उत्पादनमुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असार १ गते प्रदेश सरकारले बजेट ल्याउन लागेको जानकारी दिदै उनले कर्णाली प्रदेशको बजेट केन्द्रले दिएको अनुदानको दुईगुना  ठूलो बजेट ल्यान लागेको शाहीले जानकारी दिए। उनले भने ‘कर्णाली सरकारले केन्द्रले दिएको १६ अर्व अनुदानको दुई गुणा ३२ अर्वको बजेट ल्याउछ पैसा छैन भनेर हामी खुम्चिने अवस्थामा छैनौं।’ ‘यो वर्षको बजेटलाई योजना निर्माण गर्ने र गुरुयोजना बनाएर कामकाजको थालनी गर्ने वर्षका रुपमा प्रदेश सरकारले लिने छ’ शाहीले भने ‘यो वर्षमा अध्यन गर्ने र विकास र समृद्धिको आधार निर्माण गर्ने योजना रहेको छ।’

‘प्रदेशको कुन क्षेत्रमा कति लगानी गर्ने र हामीसँग भएको स्रोत के र कति छ त्यस्को पहिचान गर्नु नै आउने बजेटको लक्ष्य हुनेछ,’ मुख्यमन्त्री शाहीले भने ‘हामी बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादन मुखी होस् भन्ने चाहन्छौं।’ समग्र विकासको गुरुयोजनाको निर्माण गरेर मात्र प्रदेशको समुचित विकास गर्न सकिने शाहीको भनाई छ। उनले भने ‘हामीसँग अथाह सम्भावना छन् भनेर मात्र हुदैन कहाँ कति के छ भन्ने कुराको तथ्य ननिकाली यो गर्छु उ गर्छु भन्नुको कुनै अर्थ छैन, तथ्य पत्ता लगाएर मात्र विकास कसरी गर्ने भन्ने कुराको मापन गर्न सकिन्छ।’ सँगै प्रदेशको सडक बनाउने कार्य, कृषियोग्य जमिनलाई माटो परीक्षण गरेर खेती गर्न सकिने योजनाको थालनी गरिने शाहीले बताए। उनले भाषणमा मात्रै जोड नदिएर प्रदेशको जडिबुटीलाई सही सदुपयोग गर्ने योजनामा रहेको बताए।

शाहीले कुरा र व्यवस्था परिवर्तन भए पनि काम गर्ने कार्यशैली, विधि, सोच र विचार परिवर्तन नहुँदासम्म विकासले गति नलिने बताए। शाहीले भने ‘विकासका लागि सबैले ब्रेन वार गर्न जरुरी भएको छ। पुरानाे सोच काम गर्ने कार्यशैली परिवर्तन गर्न जरुरी छ। त्यो नभएसम्म हामी नयाँ काम गर्न सक्दैनौं । विकास पनि हुन सक्दैन।’कुरा बुझेको छु भन्ने तर दिनमा १८ घण्टा सुत्ने गरेर विकास नहुने भन्दै शाहीले सबैले सकरात्मक सोचसहित काम गर्न आग्रह गरे। उनले भने ‘अब बुझ्ने कुरा मुख्य होइन, बुझेर बदल्ने कुरा नै मुख्य र महत्वपूर्ण हो।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई अरु प्रदेश भन्दा भिन्नै र विकसित प्रदेश बनाउन आफूले कुनै कसुर नछोड्ने कुरामा जोड दिए। उनले प्रदेश समृद्धि र विकासका लागि कर्णाली प्रदेशका युवा पिढीहरूमा नयाँ सोचका साथै जोस र जाँगर ल्याउन जरुरी रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.